पेज नं ४९६
सायद बाली थियो तिम्रो प्रेम
असारमा रोप्यौ मंग्सिरमा काटिदियौ
सायद जाली थियो तिम्रो प्रेम
कसैको भावनामा खेलिदियौ
खै, कुन बाली थियो तिम्रो प्रेम
मैले बुझ्ने सकिन
असारमा रोप्यौ
मंग्सिरमा काटिनौ
यो त मेरो देशको बाली भएर होला
एक बर्ष म्याद थपियो
पहिलेको मंग्सिरमा काटिनु पर्ने
अहिलेपो काटियो
सायद मा गलत थिए
मलाई थाहा थियन
तिमी र तिम्रो पाइन
अनि पोखे यी भावनाहरु
खोले यी बन्द मनहरु
अनि हिडे जीवनको नया यात्रामा
पछ्याउदै ति गोरेटोहरु
सोच्दै अनगिन्ती पाइलाहरु
हराउदै आफ्नै मनहरुमा
तर सकियाछां यी मेरा यात्रा
मात्र केहि दिनको यात्रा
अनि सोच्दैछु ति यात्राहरु
याद गर्दै ति संवादहरु
निदाउन खोज्दै सुनका बिस्ताराहरुमा
तर भोकभोकै ति दिनका यादहरुमा ।
