Photo Profile

I'm so clever that sometimes I don't understand a single word of what I'm saying.

Tuesday, 11 June 2019

तिम्रो याद


तिमी बिना  जिन्दगि नै  कटाउला म
तर म  संगै बिउझिने तिम्रा ति यादहरु, कसरि हटाउनु ?
दिसा पातलो बनाउन त Lactulose पाइने रहेछ,
तिम्रो याद पातलो बनाउने कुनै औसधि पाइयला त ??
समय भन्दा अगाडी कुद्नु थियो तिमीलाई
म भने तिम्रै यादमा भुलिरहे,
कतै तिमीलाई पनि मेरो यादले त भुलायन नि  है ??
कतै तिमि समय भन्दा ढिला त भएनौ नि है ??
अरुलाई हेरेरै भएपनि तिमीलाई त भुंलुला म
तर सबैमा तिमीलाइ नै पाँए भने??
तिम्रो याद दिलाउने गीतहरु त सुन्न छोडुला
तर तिम्रो यादमा बन्ने ति गीतहरु??
हात सफा गर्न प्रयोग हुने Sanitizer  मा
alcohol  को  मात्रा कम भयो भने अनेकौ रोग लाग्न सक्छ
तिमीलाई भुल्ने प्रयासमा, तिम्रा यादहरु झनै फैलिय भने ??