एकदिन मलाई पनि बुबा बन्नु छ
मेरो देशमा बाढी ल्याउने गरि पर्ने पानि
खाडीमा परिदिनेभए
त्यो मरुभूमि भिजाउन
मेरो बुबाको पसिनाको आबस्यक पर्दैनथ्यो होला
कोहि कसैसंग अटसमटस भएका खुसीहरू
छछल्कियर अरुमा सर्ने भए
हाम्रो खुसीकोलागि मेरो बुबाले
तेती ठुलो समुन्द्र पार गर्नु पर्दैनथ्यो होला
मरुभूमि भिजाउन बुबाको पसिनाले सम्भव भए त
बुबाको त्यागले मलाई खुसि देला
तर भिजेन भने?
एकदिन, मलाई पनि बुबा बन्नु छ
त्यो समुन्द्र पार गरेर खाडी सम्म पुग्नु पर्ने छ
to be continued...
