Photo Profile

I'm so clever that sometimes I don't understand a single word of what I'm saying.

Thursday, 20 February 2020


जिन्दगीले पनि लोभ्याइरहेछ
अहिलेका नानाथरि अफरहरुले जस्तै
त्यहि लोभको पछाडी भाग्दै छौं  म र हामी
अरुको प्रगति देख्न नसक्नेहरु हत्या गर्दैछन त
डाहा गर्नेहरु आत्महत्या
खोइ, त्यो लोभ्याउने चिज मेरै कोल्टामा पर्ने हो कि होइन
तर लोभको मैदानमा कुदिरहेछु
सासै रोकियला जस्तो भैसक्यो
तर पनि लोभको आशाले तानिरहेछ
डढेलोमा पनि मन चिसो भएछ
जितमा पनि  आँसु  बग्दोरहेछ
हारमा पनी हास्न सिक्नु पर्दोरहेछ
हुन त, खुशी र हाँसो फरक कुरा हो
आँशुमै पनि हास्न सक्ने म
खुशी खोज्न लोभिरहेछु
प्रयास कति गरिएन
तर खुशीको अर्थ बुझनै सकिन
अब मलाई खुशीको अर्थ जान्नु नै छैन
छ त मात्र खुशी हुन
त्यसैले मलाई खुशी हुन सकिनु छ
छ त मात्र खुशी हुन सिक्न