म र मेरो जन्मदिन
हिजो मात्र चिनेको मान्छेले
तिम्रो याद आउछ भन्दै गर्दा
म कल्पना गर्न सक्छु आमा
तिमीले त मलाई जन्मिनुभन्दा अगाडिदेखि नै
याद गरिरहन्थ्यौ होला
सबैले मलाई जन्मदिनको सुभकामना दिदै गर्दा
म सजिलै कल्पना गर्न सक्छु आमा
म रुँदै संसारमा आएको दिन
सबैको मुहारमा मुस्कान छाएको दिन
सम्झेर आँखाको गह भरिएको होला
सपनाहरु बुन्दै गर्दा
अनि सपनाका डोरीहरू चुडिदै जाँदा
म तिम्रो निर्धक्कपनलाई सम्झिन्छु
अनि पो आदिक हुने प्रयास गर्छु
आश्चर्यजनक सफलताका कुराहरु त
सुनाउन पाइएला नपाइएला
योगदानकर्ताको श्रेय त तिमी बाहेक अरु कसलाई पो दिन्छु होला र म
आज सारा नेपाली कालो दिनलाई (बैसाख १२ २०७२ ) सम्झदै गर्दा
सम्झिए तिम्रो त्यो अमुल्य मायालाई
अनि भित्रि हृदय देखिने सम्झिए
औपचारिक सुभाकामनाले मन खुसि हुदै गर्दा
म पनि तिमी भन्दा कत्ति फरक छैन आमा
दुनिया देखावटी हाँसो हाँस्दै गर्दा
हामी मेहनतमा अल्मलिरहेको हुन्छौ
अनि पो मुस्कुराउन सकिन्छा सफल दिनहरुमा
सबैले वरिपरि आफ्नो लोकप्रियता खोजिरहदा
मैले चाहे, यो भिडहरुमा आफ्नो पहिचान
मैले मात्र चाहे,सत्रु नै भनौदाहरुले किन नहोस्
गाउदै गरेको मेरो गुनगान ।
