Photo Profile

I'm so clever that sometimes I don't understand a single word of what I'm saying.

Thursday, 21 March 2019

खोइ कुन्नि को पो थिंए म


म तिमीलाई माया गर्छु र आदि इत्यादि सब्दहरु ब्यक्त गरिसकेपछि कसैले "त को होस् ?" भनेर प्रश्न गर्छ भने, उक्त प्रश्नको उत्तर दिनु जरुरि हुन्छ जस्तो लाग्दैन, तर जुन बेला म यहि प्रश्नको उत्तर दिनु पर्ने स्तिथिमा थिंए ,म स्तब्द नै थिंए । खोइ दिमागमा के कुराको झट्का लागिरहेको थियो झट्ट याद भयन तर परिस्तिथि भने बेहोसमा बिजुलीको झट्को जस्तै थियो।

               कसैले "बुद्दु" जस्तो उपनाम दिन्थे भने म उसलाई मनमनै कैयौ पटक मारिसकेको हुन्थे तर उसको लागी भने सहन सक्ने सक्ति पनि नभई खुसीको जुजुधौ जस्तै भयको थियो । उसो त "मेरो मुटु" जस्तो सब्दले सम्बोधन गर्ने उनि आफ्नो खुसीको लागी आफ्नो मुटु नै त्याग्न सक्छिन भन्ने मैले कहिले सोच्न पनि सकिन।  अरुको खुसीको लागी आफ्नो मुटु त्यागेको भए उनको कहानी केहि हद सम्म चर्चाको सिखरमा पुगिसक्थ्यो होला ।

    खोइ, केहि भाब थियो या तन्त्र त्यो त थाहा भएन, उसको "मेरो मुटु" वाला सब्द सम्झिने बित्तिकै पनि म कम्जोर भैजान्छु । बुनि सकेको उन्को धागोको टोपी बिस्तारै चुड्दै र फुक्दै जान्छ भने उक्त टोपीको मर्मत गर्नु भन्दा अर्को टोपी उन्नु वा बुन्नुमा उचित हुन सक्छ, तर परिस्थिले भने ठुलो भूमिका खेलिरहेको हुन्छ । यो परिस्थितिलाई न म बुझ्न नै सक्थे न बुझाउन नै । परिस्थिति बुझ्ने प्रयास पनि नगरेको भने होइन, त्यो वाताबरण नै तेस्तै थियो, सौतेनी आमासंग मन खोलेर कुरा गरेको कहानी सुन्न सकिएला तर उसको मन बन्द हुन सुरु भैसकेको भने अलि धेरै नै भैसकेको थियो। चलचित्रमा देखिने यी मिलन बिछोडको कहानी कसैले लेखिसकेको हुन्छ, अनि कारण पनि  तर यँहा न कहानी लेखियो न त कुनै खुलस्त सम्बाद ।