and the cookie said "I'm not expired yet"
यदि मेरो सब्दहरुको कदर हुदैन भने, मेरो यो सुभकामना पनि ब्यर्थ हुन सक्छ
तर तेरो सब्दहरुको कदर होस् ,
यदि मानिस रिसाउदैन भने, उसले खुसीको अनुभूति पनि कमै महसुस गर्छ जस्तो लाग्छ
तर तेरो रिस सहि ठाउँमा सदुपयोग गरेस्,
जिन्दगि कति हदसम्म नाममय रह्यो, रहला त भन्न सक्दिन
तर बेदनाले भरिएको त्यो मन खोइ कहिले सम्म गुम्साइराख्छस कुन्नि,
मनको भारि बिसाउने कुनै आँगन तलाई पनि मिलोस्,
अरुको लागि सके सम्म राम्रो सोच्दिने, राम्रो गर्दिने मान्छे होस्, भगवान त होइनस नि,
कहिले काहिँ आफ्नो लागि पनि राम्रो गरेस्
डाहा गरिदिने हामी छदै छौं नी ।
आफ्नो सामु भएको मान्छेको खिल्ली उडाउनु असाध्यै रमाइलो हुञ्छ
तर परिस्थितिले हामीलाई अब सामुन्ने राख्न सक्दैन होला
सम्झने बाहानामै भएपनि मेरो केहि गुनगान गाइदिएस ।
